TodayPati

सिरहामा कोरोनाबाट थप एकजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।

सिरहामा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका १ बिर्ता निबासी ६५ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा ती पुरुषको मृत्यु भएको हो । ती व्यक्ति सुगर र किड्नीको दीर्घ रोगी थिए । यो संगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *