कार्तिक २६ गते वीरगञ्जमा चौरसियाको श्रद्धाञ्जली सभा, प्रचण्ड सहभागि हुने
टुडेपाटी-
पर्सा, कार्तिक २४ गते ।
झडपमा मारिएका नेकपाका पर्सा जिल्ला सदस्य तथा पसाविन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिव मुकेश चौरसियाको श्रद्धाञ्जली सभा हुने भएको छ ।
कार्तिक २६ गते बुधबार वीरगञ्जमा हुने चौरसियाको श्रद्धाञ्जली सभामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ सहभागी हुने नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिए ।
प्रचण्ड सहभागि हुने विषयमा अन्सारीले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन् ।
गएको कात्तिक ६ मा नेकपाको बिन्दावासिनी गाउँपालिकाको सपथग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएको झडमा गम्भीर घाइते भएका चौरसियाको कात्तिक ७ मा उपचारको क्रममा मृत्यु भएको थियो ।
चौरसियाको हत्या आरोपमा नेकपाकै पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको एकहप्तासम्म जाहेरी लिन नमान्दा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता गरिएको थियो ।
Sponsored
जाहेरी दर्ता पश्चात मात्र चौरसियाको शवको झण्डै एकसाता पश्चात पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको थियो ।