TodayPati

नारायणी अस्पतालमा बाराको २ सैनिक जवानसहित थप १२ जनामा कोरोना संक्रमण

टुडेपाटी-
जनकपुरधाम, कात्तिक २२ गते ।

वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पीसीआर परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा २७ देखि ६० वर्ष उमेर समुहका बारा, पर्सा र सर्लाहीका मानिसहरु छन् ।

शनिबार पाँच जना महिला र सात जना पुरुष संक्रमित भएका छन् ।

Sponsored

बाराका सात, पर्साका चार, र सर्लाहीको कविलास नगरपालिका वडा नम्बर ५ का एक जना गरी थप १२ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

पर्सामा सङ्क्रमण पुष्टि भएकाहरुमा सबै वीरगञ्ज महानगरपालिकाकै रहेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का दुई जना, वडा नम्बर १५ र १६ का एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताए ।

यस्तै, बाराको जितपुरसिमरा आर्मी व्यारेकका दुई जना सैनिक जवानमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

Sponsored

यसैगरी बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ का तीन जना, कोल्हवी नगरपालिका वडा नम्बर १ र कलैया उप–महानगरपालिका वडा नम्बर ४ का एक र एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *