TodayPati

वीरगञ्जमा अटोको ठक्करबाट घाइते चौरसियाको मृत्यु

टुडेपाटी
वीरगञ्ज, फागुन १८ गते ।

वीरगञ्जमा अटोको ठक्करबाट घाइते भएका एकजना मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने अन्दाजी ४५ वर्षीय मनोजकुमार चौरसियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज पानीट्याङ्की स्थित न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

गत फागुन १४ गते बेलुका सवा ७ बजेतिर चौरसियालाई वीरगञ्ज–१६ नगवास्थित बाइपास सडक खण्डमा नम्बर नखुलेको अटो रिक्साले ठक्कर दिएको थियो । नारायणी अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि न्युरो अस्पतालमा पठाइएको थियो ।

दुर्घटनामा संलग्न ना ३ स ४९३ नम्बरका मालबाहक अटोसहित बाराको बिश्रामपुर गाउँपालिका–५ बरैनिया टोल बस्ने २८ बर्षिय बिनोद महतो र २० वर्षीय कन्हैया महतोलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी विरेन्द्र शाहीले बताए ।

उनीहरुलाई घटनाको दुई दिनपछि वीरगञ्ज महानगरपालिका–१६ नगवाबाटै नियन्त्रणमा लिएको थियो । उनीहरु विरुद्ध थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाईने डिएसपी शाहीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *