TodayPati

प्रदेश २ : कोरोना संक्रमणबाट काँग्रेस महासमिती सदस्यको निधन

टुडेपाटी

जनकपुरधाम, कार्तिक १६ गते ।

कोरोना संक्रमणबाट नेपाली कांग्रेसका महासमिती सदस्य मदन मण्डलको निधन भएको छ ।

Sponsored

बाराको आदर्शकोतवाल गाउँपालिका टेडाकट्टीका ४५ वर्षीय मण्डलको उपचारको क्रममा गएराति मृत्यु भएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य पप्पु कुश्वाहाले जानकारी दिए ।

शनिबार नरायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शनिबार गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गम्भीर अवस्थामा रहेका नेता मण्डललाई नारायणी अस्पतालले काठमाडौं रिफर गरेको थियो । तर, बाटोमै उनको निधन भएको कुश्वाहाले जनाए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *