TodayPati

धनुषामा हरेक साता बलात्कार, ८ महिनामै ४० घटना

टुडेपाटी
जनकपुरधाम, फागुन १७ गते ।

धनुषामा प्रत्येक साता एक वा एकभन्दा बढी बलात्कारका घटना भइरहेको देखिएको छ । जिल्ला प्रही कार्यालय धनुषाका अनुसार प्रत्येक साता एक वा एकभन्दा धेरै बलात्कारका घटना भएको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको फागुन दोस्रो सातासम्म मात्र जिल्लामा ३४ वटा जबर्जस्ती करणी र ६ वटा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक छ । तथ्यांक अनुसार जिल्लामा प्रत्येक साता १ भन्दा बढी जबर्जस्ती करणीका घटना भएको प्रहरीमा उजुरी परेको छ ।
गत आर्थिक वर्षको तुलनामा जबर्जस्ती करणीको घटना बढेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए । तथ्यांक अनुसार गत आर्थिक वर्षमा २० वटा जजर्बस्ती करणी र १६ वटा जर्बस्ती करणीको प्रयास भएको थियो । प्रहरी नायव उपरिक्षक कार्कीका अनुसार युवतीको १८ उमेर नपुग्दै सहमतीमा समेत शारिरिक सम्पर्क भएको घटनमा प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।
‘करिब २२÷२३ वटा घटनामा मिलिमतोमै शारिरिक सम्बन्ध भएपनि उमेर नपुगेकाले घटना थाहा पाएपछि हामीले मुद्दा दर्ता गरेका छौँ । करणी र करणी उद्योगमा हामी जिरो टोलोरेन्समा काम गरिहरका छौँ,’ उनले भने । बलात्कृत हुन अधिकांस १६ देखि ३५ वर्ष उमेर समुहका महिला रहेको प्रहरी नायव उपरिक्षक कार्कीको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *