पर्सामा नेकपा कार्यकर्ताबीच भएको झडपमा घाइते भएका मुकेशको मृत्यु
टुडेपाटी
जनकपुरधाम, कार्तिक ७ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा घाइते भएका मुकेश चौरसियाको मृत्यु भएको छ ।
बीरगन्जस्थित न्युरो अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको पर्साका एसपी गंगा पन्तले जानकारी दिइन् । उनका अनुसार चौरसियाको टाउकोमा गम्भीर रुप चोट लागेको थियो ।
उनको न्युरो अस्पतालमा अईसियूमा राखेर उपचार चलिरहेको थियो । टाउकोमा धेरै जोरले हिर्काएको कारण उनको टाउकोमा ठुलो चोट लागेर अत्याधिक रगत बगेको चिकित्सकहरुले बताएका थिए ।
पार्टीले बिहिबार गाउँपालिकाको वडा नम्बर ५ पर्सौनीभाठामा आयोजना गरेको गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आएर आफुलाई नासमेतिको भन्दै विरोध गरेपछि झडप भएको थियो । झडपमा परेर दुवै पक्षका दर्जनौं व्यक्ति घाइते भएका थिए ।
Sponsored
प्रहरीले झडपमा रहेका केहि व्यक्तिलाई पक्राउ समेत गरेको छ । चौरसिया तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ को वडा अध्यक्षका उम्मेदवार समेत थिए ।