TodayPati

छिन्नमस्ता गाउँपालिका : कोरोनाको बहानामा अग्रिम हाजिरदेखि घर विदासम्म, सेवाग्राहीको बिचल्ली

टुडेपाटी-
जनकपुरधाम, असोज ३० गते ।

कोरोनाको वहाना बनाएर कर्मचारी घर बस्न थालेपछि सप्तरीका स्थानीय तहमा सेवाग्राहीको बिचल्ली हुन थालेको छ । कर्मचारी नहुँदा दैनिक प्रशासनिक काम समेत प्रभावित भएको छ ।

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा एक साता अघि नै झापाको कमल गाउँपालिकास्थित घर गएर कोरोनाको वाहाना बनाएर घर बसेका छन् । तर, कार्यालयमा भने उनले असोज महिनाको अग्रीम हाजिर समेत गरिसकेको छ ।

Sponsored

हाजिरी रजिस्टरमा कर्मचारी उपस्थित देखिने तर, काम गराउन जाँदा कोहि नभेटिने समस्याले सर्वसाधारण हैरान भएका छन् । कार्यालमा उपलब्ध हुने तल्लो तहका कर्मचारी भने प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवार कर्मचारीलाई देखाएर पन्छिने गरेका छन् ।

कोरोनाको संकटपुर्ण अवस्थामा नागरिकको सेवामा खटिनु पर्ने र योजना वनाउनु पर्ने कर्मचारीहरु एकै पटक १५ ÷२० दिनको हाजिर गरेर घर वस्न थालेपछि गाउँपालिकाको अवस्था भद्रगोल भएको स्थानीयवासी तथा नेकपाका नेता जयप्रकाश यादवले बताए । प्रमुख प्रशासकीय अधिकृत थापा हरेक महिना ४÷५ दिनभन्दा बढी कार्यालयमा नवस्दा सधै समस्या आउने गरेको उनले बताए ।

गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल तथा राजनितिक दलले कार्यालयको हिसाव खोज्न थालेपछि थापा कार्यालयमा वस्न छोडेको उनको भनाइ छ । ‘कोरोना नियन्त्रण तथा अन्य विभिन्न क्षेत्रमा भएको हिसाव किताव सार्वजनिक गर्न हामीले निवेदन दर्ता गराएका छौं’ उनले थपे, ‘जवदेखि हिसावको कुरा उठ्यो उहाँ कार्यालयमा वस्नै छोड्नुभयो ।’

Sponsored

गाउँपालिलकाका प्रशासकीय अधिकृत महेश शर्माले पनि प्रमुख प्रशासकिय अधिकृत थापा अग्रिम हाजिरी गरेर घर गएको पुष्टि गरे । ‘मैले पनि अरुले भनेपछि मात्रै थाहा पाएको’ उनले भने, ‘यस्तो कसरी भयो भन्ने चै मलाई पनि आस्चर्य लागेको छ ।’

अन्य कर्मचारीले त्यस्तो गरेपनि उहाँले कहिल्यै पनि एकै पटक हाजिर नगरेको उनले सुनाए । कार्यालयका अन्य कर्मचारीहरु भने घर वसेको दिनको पनि हाजिर गर्ने गरेको शर्माको भनाइ छ । ‘काम छैन भन्दै घर वस्ने अनि आएको वेला एकै पटक हाजिर गर्ने परम्परा चाहि पुरानै हो’ उनले भने, तर, हाकीमको बारेमा यस्तो जानकारी थिएन ।

प्रमुख प्रशासकिय अधिकृत थापाले पनि गत शुक्रवार नै आफु घर आएको र असोज महिनाको अग्रिम हाजिर भएको स्विकारे। नियतवस नभई भुलवस त्यस्तो भएको उनले जिकीर गरे । ‘कोरोनाका कारण पहिला घरमै वसेर काम गरियो । सोहि हाजिर गर्दा झुक्किएर असोजको हाजीर भएको हो’, त्यसलाई काट्नु पर्ने थियो । त्यो नगरेर गल्ति भएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *