TodayPati

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

शुभ नारायण यादव
सप्तरी, असाेज २९ गते ।
सप्तरीमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ।
जिल्लाकाे राजगढ गाउँपालिका वडा न.–६ का ५९ वर्षीय एक पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
छातीमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। ती पुरुषमा असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको परिवारिक स्रोतले जनाएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *