TodayPati

कोरोना संक्रमित नेकपा सचेतक चौधरीको अवस्था जटिल, आईसियुमा भर्ना

टुडेपाटी

काठमाडौँ, असोज २४ गते ।

कोरोना भाइरसको संक्रमण भएकी सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ । चौधरीलाई शुक्रबार राति आईसीयूमा सारिएको हो ।

Sponsored

वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको उनको सचिवालयले जनाएको छ । श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।

‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ,’ उनले अस्पतालबाटै तीन दिन अघि लेखेको फेसबुक स्ट्याटसमा उल्लेख छ ।

पाँच दिनअघि उनलाई लक्षण सहितको संक्रमण पुष्टि भएको थियो। १० वर्षअघि उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *