TodayPati

प्रदेश २ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या १४ हजार नाघ्यो

टुडेपाटी

जनकपुरधाम, असोज २३ गते ।

प्रदेश २ मा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा दुइ जनाको सप्तरी र सिरहाका एकजनाको मृत्यु भएको हो ।

Sponsored

राजविराज नगरपालिका वडा नम्बर–६ राजगढका ७० वर्षीय एक पुरुष, सप्तरीकै रुपनी गाउँपालिका घर भई हाल काठमाण्डौमा उपचाररत रहेका ३६ वर्षीय पुरुष र सिरहाको लहान नगरपालिका वडा नम्बर–६ घर भई हाल पाटन अस्पताल ललितपुरमा उपचाररत रहेकी ४८ वर्षीया एक महिला गरि जम्मा ३ जना रहेका छन् ।

त्यस्तै, शुक्रबार संक्रमित हुनेहरुमा ६ महिला र ३७ पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १४ हजार ५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका १ सय ७० जना अस्पतालबाट डिस्चार्ज भई आ–आफ्नो घर फर्केका छन् ।

डिस्चार्ज हुनेहरुमा सप्तरीका ७, सिरहाका ५३, धनुषाका ५८, रौतहटका ५० र पर्साका २ जना छन् ।
आज यस प्रदेशमा पर्सामा १२, रौतहटमा ७, बारामा ७, सप्तरीमा ७, महोत्तरीमा ५, धनुषामा ३ र सिरहामा २ जना संक्रमित भएका छन् । प्रदेशमा शुक्रबारसम्म ११ हजार ८ सय ३३ पुरुष र २ हजार २ सय २४ महिला गरि जम्मा १४ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

Sponsored

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा २५ महिला र १ सय २२ पुरुष गरि १ सय ४७ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ४५, सप्तरीमा १९, बारामा १८, धनुषामा १८, महोत्तरीमा १५, सिरहामा १५, सर्लाहीमा ९, रौतहटमा ७ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *