TodayPati

नक्कली लाइसेन्स बनाउँदै ठगि गर्ने जनकपुरकी रुवी प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

पैसा लिएर नक्कली सवारीचालक लाइसेन्स बनाइदिने आरोपमा जनकपुरबाट एक महिला पक्राउ परेकी छन् । सर्वसाधारणसंग पैसा लिइ नक्कली मोटरासइकल चालक अनुमति पत्र बनाउने गरेको आरोपमा जनकपुधराम उपमहानगरपालिका ९ की रुवी मिश्रलाई धनुषा प्रहरीले पत्रफाउ गरेको हो ।
उनलाई मंगलबार पक्राउ गरी जिल्ला अदालत धनुषामा पेश गरी ४ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
महोत्तरीको गौशाला नगरपालिका १२ बस्ने हरी नारायण भन्ने कृष्णदेव कुशवाहा मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले लाइसेन्स तथा बिलबुक चेकजाँच गर्ने क्रममा नक्कली लाइसेन्स फेला परेको थियो । पक्राउ गरी अनुसन्धान गर्दै जाँदा कृष्णदेवले आफुलाई रुवी मिश्रको छोरा चन्दन सिंहले ५ हजार रुपैयाँ लिएर लाइसेन्स बनाइदिएको बयान दिएका थिए ।

बयानको आधारमा अनुसन्धान गर्दै जाँदा रुवी मिश्रले लाइसेन्स बनाइदिने नाममा चारवटा गाउँका सर्वसाधाराणका ६० हजार रुपैयाँ भन्दा बढी उठाएको कुराहरु विभिन्न ठाउँबाट आएकोले उनलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । मिश्रले ठगि गरेको विषयमा अझै उजुरीहरु आउन थालेको प्रहरीले जनाएको छ ।

Sponsored

श्रोतका अनुसार उनी यस ठगि क्रियाकलापमा झण्डै एकदशकदेखि संलग्न छिन् । यसअघि पनि उनले धेरै सर्वसाधारणलाई विभिन्न बहानामा ठगि गरिसकेको पीडितहरुले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “नक्कली लाइसेन्स बनाउँदै ठगि गर्ने जनकपुरकी रुवी प्रहरीको फन्दामा

  • February 26, 2020 at 5:39 pm
    Permalink

    Mero pni euta sathi lai 15 thousand liyako thiyo 3 years agdi ahile sma na pasiya diyako na vehta hunxa yo manxe

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *