डुम भएकै कारण सप्तरीका सुधीरको उठिबास
शुभ नारायण यादव-
सप्तरी, असोज २० गते ।
डुम भएकै कारण सप्तरीको अग्निसाइर कृष्णााशवरण गाउँपालिका-६ जण्डाेलका सुधीर मरिक डाेमको उठिबास भएका छन् । वर्षौंदेखि एलानी जग्गामा घर बनाएर बस्दै अाएका सुधीर मरिकलाई पछिल्लोपटक स्थानियबासिहरुले बनाएकाे घर समेत ताेडफाेड गरेपछि उनको उठिबास भएका हुन् ।
स्थानीय देवदत लेखी ,शिबदत लेखी ,फनिलाल लेखी ,भाेला लेखी ,घुरन चाेधरि ,धु्व पाेडेल ,बन्दु चाेधरि लगायतकाहरुले अाफुले बनाएकाे घर ताेडफाेड गनुृका साथे लाखौं रकम समेत लुटपाट गरेकाे पिडित मरिकले गुनासाे गरेका छन् । मरिकले पुरानाे जग्गा बेचेकाे रु २ लाख रकम र एउटा सामसुङ माेबाइल समेत लुटपाट गरेकाे पीडितले दिएको उजुरीमा उल्लेख गरिएको छ । आफुले स्थानीय एक ब्यक्तिकाे जग्गामा घर बनाउन लागेकाे अवस्थामा स्थानियबासिहरुले जवर्जस्ती डाेमलाई यहाँ बस्न नदिने भनी अाफ्नाे बनेकाे घर समेत ताेडफाेड गरि अहिले अाफु बिस्थापित हुन पुगेकाे गुनासाे गरे । यसबीच अाफु डाेम भएकै कारणले आफुलाई स्थानीय चौधरी समुदायले साे बस्तिमा बस्न नदिएकाे र बनेकाे घर समेत ताेडफाेड गरि रकम समेत लुटपाट गरेकाे आराेप लगाएका छन् ।
यता पीडित मरिकले आफुमाथि अन्याय भएको भन्दै इलाका प्रहरी कार्यालय कन्चनपुरमा लिखित उजुरी समेत दिएको बताए ।