कोरोना संक्रमणबाट सर्लाहीमा थप दुई जनाको मृत्यु
टुडेपाटी
जनकपुरधाम, असोज २० गते ।
सर्लाहीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु संख्या ९ पुगेको छ । भरतपुरमा उपचाररत लालबन्दीका एक जना पुरुष र काठमाण्डौंमा उपचाररत हरिपूर्वाका अर्का एक पुरुष गरी दुई जनाको मृत्यु भएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका–८ का ४२ वर्षीय पुरुषको आइतवार चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको परिवारलाई उदृृृृध गर्दै लालबन्दी नगरपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए ।
असोज १५ गते अस्पताल भर्ना भएका उनको १६ गते थ्रोट स्वाब निकालेर परीक्षण गर्दा भोलीपल्ट पोजिटिभ रिपोर्ट आएको थियो । पहिले देखिनै कलेजोको बिरामी उनले अत्यधिक मदिरा सेवन गर्दै आएका थिए ।
त्यस्तै हरिपूर्वा नगरपालिका–५ का ६५ वर्षीय पुरुषको सोमवार हृयाम्स अस्पताल काठमाण्डौंमा मृत्यु भएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । ती पुरुष मुटुको पुराना बिरामी रहेको बुझिएको स्वास्थ्य कार्यालय मलंगवाका कोभिड–१९ फोकल पर्सन सुशीलकुमार झाले जानकारी दिए ।
यसअघि सर्लाहीको मलंगवा, हरिपूर्वा र लालबन्दीमा दुईरदुई, हरिपुर, चक्रघट्टा र बरहथवामा एक–एक जनाको मृत्यु भइसकेको छ ।
Sponsored