प्रदेश २ सहितच यी स्थानमा आज वर्षाको सम्भावना
टुडेपाटी
जनकपुरधाम, असोज २० गते ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकका विभिन्न चार प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।
उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा पर्दा मुलुकका विभिन्न भू(भागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोही प्रभावका कारण प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा आज दिउँसो र राति हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो छ मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम अनुमान :
Sponsored
असोज २०गते (मंगलबार)
दिउँसो: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज २१गते (बुधबार)
दिउँसो: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज २२गते (बिहीबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।