TodayPati

सर्लाहीमा निषेधाज्ञा हटेलगत्तै नागरिकता बनाउनेको चाप बढ्यो

टुडेपाटी-
सर्लाही,असोज १९ गते ।

जिल्लामा निषेधाज्ञा हटेलगत्तै प्रशासनमा नागरिकता बनाउनेको चाप बढेको छ । जिल्ला प्रशासन कार्यालय मलंगवाका साथै हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरुको चाप बढेपछि टोकन वितरण कार्य सुरु गरेको हो

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत राम प्रमोद यादवक अनुसार नयाँ नागरिकताका बनाउनेका लागि असोज ३० सम्मका लागि टोकन वितरण गरिएको छ । प्रतिलिपिका लागि असोज २३ सम्म टोकन वितरण गरिएको उनले बताए ।

Sponsored

नागरिकता बनाउन चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा कार्यालय आउने गरी सेवाग्राहीहरुलाई घर पठाउने गरिएको छ । धेरैवटा स्थानीय तह हेर्नुपर्ने भएकाले हरिवन र बरहथवाका इलाका प्रशासन कार्यालयमा भन्दा जिल्ला प्रशासन कार्यालय मलंगवामा बढी चाप रहेको अधिकृत यादवले जानकारी दिए । नागरिकता वितरणबाहेक अन्य सेवाहरु पहिलेकै प्रक्रियामा प्रवाह भइरहेको छ ।

सिडिओ कार्यालयले हरिपुर र ईश्वरपुरका केही वडासहित दक्षिणी भेगका १४ वटा स्थानीयका नागरिकलाई सेवा प्रवाह गर्दै आएको छ । हरिवन र बरहथवाले बाँकी छवटा स्थानीय तहका हेर्छन् । जिल्ला प्रशासनबाट अहिले दैनिक १२० वटाको हाराहारीमा र बरहथवा र हरिवनको इलाका प्रशासन कार्यालयले क्रमशः दिनको ५५/६० तथा ४५/५० वटा नागरिकता वितरण गरिरहेका छन् ।

इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश रायले लकडाउन र निषेधाज्ञाले पाँच महिनासम्म काम नभएकाले अहिले सेवाग्राही धेरै भएको बताए ।  यस्तै, केही सातादेखि हरिवनमा प्रमुख नहुँदा त्यस कार्यालयबाट पनि बरहथवामा नै सेवाग्राही आउने गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *