TodayPati

पुर्वसांसद आलमसँगै ईटा भट्ठामा मानिस जलाएर फरार भएका बद्री प्रहरीको फन्दामा

टुडेपाटी

जनकपुरधाम, असोज १७ गते ।

रौतहट हत्याकाण्डका एकजना फरार अभियुक्त पक्राउ परेका छन्। ईटा भठामा मानिस जलाएर फरार भएका बारा सिम्रौनगढ–४ बस्ने ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

Sponsored

सहनीलाई नेपाल–भारतको सीमानामा पर्ने रौतहटको बौधीमाई नगरपालिका–७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रथम संविधानसभा निर्वाचनलाई लक्षित गरी २०६४ चैत २७ गते रौतहटको राजपुर नगरपालिका–४ स्थित शेख ईद्रिसको गोठघरमा बम बनाउँदै गर्दा विष्फोटमा परी २÷३ जनाको मृत्यु भएको थियो भने १५÷१६ जना घाइते भएका थिए।

मृतक र घाइतेलाई नजिककै ईंटा भट्टामा जलाइएको आरोप लागेपछि पूर्वसांसद आलम यसअघि नै पक्राउ परिसकेका छन्।

Sponsored

पछिल्लो पटक पक्राउ परेका सहनी ईंटा भट्टाको हेड मिस्त्री रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन्।

सहनीले आफताब र मो।महताब आलमको निर्देशनमा बम विस्फोटका घाइते तथा मृतकहरूलाई ईंटा भट्टाको मुग्रोमा हालेका स्वीकार गरेको सिंहले बताएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *