TodayPati

सार्वजनिक शौचालय तथा दिसा जन्य लेदो व्यवस्थापन ट्रेन्चको उद्घाटन

शुभ नारायण यादव-
सप्तरी, असोज १७ गते ।

सप्तरीको खडक नगरपालीकाका नगर प्रमुख हेमायु हक तथा नगर उप-प्रमुख याश्मिन सुल्तानद्धारा संयुक्तरुपमा सार्वजनिक शौचालय तथा दिसा जन्य लेदो व्यवस्थापनका लागि बनाइएको ट्रेन्च उद्घाटन गरिएको छ । खडक नगरपालिका ७ का वडाध्यक्ष राकेशकुमार साहको अध्यक्षतामा संचालन भएको साे कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हेमायु हक थियो भने विशिष्ट अतिथिकोरुपमा उपप्रमुख याश्मिन सुल्तान रहेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत महिनारायण चौधरी, एसएनभि नेपालको वास एडभाईजर कृष्ण जिसि, स्वास्थय समन्वय प्रमुख जयकान्त पण्डित, कार्यपालिका सदस्य अरहुलीया देवी मण्डल, महुली समुदाय विकास केन्द्रका अध्यक्ष प्रभुनारायण चौधरी, सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा शौचालय निर्माण गरेको संस्था महुली सामुदायीक विकास केन्द्रका अध्यक्षले प्रतिवेदन प्रस्तुत गरे ।

Sponsored

सार्वजनिक शौचालयको महत्व तथा उद्देश्यबारे एसएनभि नेपालका कृष्ण जिसिले मन्तवय राखेका थिए ।

सार्वजनिक शौचालय निर्माण गर्नु ठुलो कार्य नभई यसलाई नियमितरुपमा संचालन गर्नु ठुलो रहेकोले आगामि दिनमा विभिन्न संघ संस्थाहरु संग समन्वय गरि नियमितरुपमा संचालन गर्ने प्रतिवद्धता गर्दे उक्त औपचारिक कार्यक्रमको समापन वडा अध्यक्ष राकेश साहले गरेका थिए ।

एस एन भि नेपालको आर्थिक सहयोगमा महुली सामुदायिक विकास केन्द्रद्धारा खडक नगरपालिकासंगको समन्वयमा वडा नं ७ कल्याणपुर बजारमा सार्वजनिक शौचालयको पुननिर्माण गरीएको छ । करीव ७ लाखको लागतमा बनेको उक्त चर्पी भित्र महिला तथा पुरुषका लागि छुटाछुटै शौचाललको निर्माण तथा युरीनलको व्यवस्था समेत गरिएको छ ।

Sponsored

यसैगरी एसएनभि नेपालको सहयोगमा एवं खडक नगरपालीकाको समन्वयमा सबल नेपालद्धारा ३ लाख ५० हजारको लागतमा दिसाजन्य लेदो व्यवस्थापनको लागि ट्रेन्च निर्माण गरीएको छ । कल्याणपुर बाजार देखि उत्तर पुर्वमा निर्माण गरीएको उक्त प्रविधिको मुख्य उद्देश्य दिशाजन्य लेदो व्यवस्थापन गर्नु रहेको छ । खुला दिसा मुक्त घोषणा गरीएपछि दिसाजन्य लेदोको व्यवस्थापन चुनौतिकोरुपमा बढदै गईरहेको बेला एसएनभि नेपालले खडक नगरपालीकामा यस प्रविधिको निर्माणमा सहयोग गरेको हो ।

यस प्रविधि अन्र्तगत आउने दिनमा निजी तथा सार्वजनिक शौचालय भरीए पछि दिसाजन्य लेदोलाई शौचालय देखि ट्रेन्चमा सुरक्षित बिर्सजन गरीने छ । हाल विभिन्न दिसा ढुवानि गर्ने संस्थाले घरबाट गाडिमा दिसा संकलन गरी यत्रतत्र फयाँक्ने गरेको पाईन्छ जसले गर्दा बातावरण प्रदुषित हुने, विभिन्न प्रकारका दिसाजन्यरोगहरु लगि महामारी समेत हुन सक्ने खतरा रहेकोले यसता प्रविधिको प्रयोग गर्नाले यस प्रकारका खतराहरु बाट मुक्त हुन सकिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *