कोरोना संक्रमित ट्रम्पको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना
टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्प कोरोना संक्रमणका कारण बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको छ ।
कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दै शुक्रबार अपराह्न उनलाई ह्वाइट हाउसबाट वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको जनाएको छ ।
यसअघि शुक्रबार बिहान उनले ट्विट गर्दै आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए । साथै उनले आफूहरू दुवै जना क्वारेन्टिनमा रहने बताएका थिए ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्पले थकान महसुस गर्नाका साथै उनमा कोभिड-१९ का हल्का लक्षण पनि देखिएका छन् । यसर्थ ‘अत्यन्त सावधानी’पूर्वक उनलाई अस्पताल लाने निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ ।
Sponsored
नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनु ठीक एक महिनाअघि वर्तमान राष्ट्रपति ट्रम्प बिरामी परेका हुन् । उनी नाेभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन् ।