TodayPati

डाक्टर केसीको समर्थनमा नारायणी अस्पताल अगाडि एक घण्टा धर्ना

टुडेपाटी-
वीरगञ्ज, असोज १६ गते ।

अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा आज वीरगञ्जको नारायणी अस्पताल अगाडि समर्थकहरुले धर्ना दिएका छन् । विभिन्‍न माग राखेर १९ औ पटक अनशनमा बसेका डाक्टर केसीको समर्थन तथा उनको माग पुरा गराउन शुक्रबार वीरगञ्जमा केसीका समर्थकहरुले धर्ना दिएका हुन्

शुक्रबार बिहान साढे १० देखि साढे ११ बजे सम्म एक घण्टा उनका समर्थकहरुले धर्ना दिएका थिए । जसपाल सिंहको नेतृत्वमा डा.केसीका समर्थकले प्रदर्शन तथा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल चिकित्सक संघ पर्साले समेत एक्यवद्धता जनाउदै चिकित्सकहरु पनि प्रदर्शनमा सहभागी भएका थिए ।

Sponsored

डा. केसीको माग सहित को प्लेकार्ड लिएर केसीका समर्थकहरु धर्ना कार्यक्रममा सहभागिता जनाएका थिए । डा. केसीको सत्याग्रह नेपाली जनता तथा स्वास्थ्य क्षेत्रको लागि नै भएकोले अबिलम्ब वार्ता गरि माग पूरा गर्नुको साथै उहाँको जिवन रक्षा गर्न सरकार सँग नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको लागि डाक्टर केसीलाई १९ औ पटक पनि आमरण अनसनमा बस्न बाध्य बनाएको तथा उहाँको माग पुरा गर्न सरकार समक्ष प्रदर्शनमा सहभागी भएका डा. निरज सिँहले माग गरे ।

यस्तै धर्नामा सहभागी सरदार जसपाल सिँहले डा.केसी १९ औ पटक आमरण अनसनमा बस्नु भएको लामो समय भइसकेको तथा उनको स्वास्थय अवस्था अत्यन्तै खस्किदै गएकाले उनको माग पुरा गर्नुपर्ने बताए ।

Sponsored

सिँहले केसीको माँग जायज रहेको भएपनि अहिलेको बहिरो सरकारले नसुनेको प्रति आक्रोश ब्यक्त गरे । वीरगञ्जबासी केसीको साथमा सधै रहेकोले उनको माग पुरा गराउन नै धर्ना कार्यक्रम गरिएको सिँहको भनाइ थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *