TodayPati

धनुषामा बेपत्ता बालकको शव भेटियो

टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।

धनुषामा बिहीबारदेखि हराईरहेका बालक आज मृत अवस्थामा फेला परेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका ७ किसानपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Sponsored

बिहीबार बिहान करिब १० बजेदेखि घरबाट हराइरहेका सो बालकको शव आज बिहान १० बजे उनको घरदेखि करिब ५ सय मिटर उत्तर तर्फ फेला परेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *