TodayPati

दशैंमा लकडाउन हुँदैन : प्रवक्ता गौतम

टुडेपाटी-
काठमाडौं, असोज १६ गते ।

सक्रिय संक्रमितको संख्या देशभर २१ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार नाघे देशमा फेरि लकडाउन गर्नुपर्ने सिफारिस गरिसकेको छ । यस्तोमा दशैं आसपासमै लकडाउन हुने चिन्ताले मानिसहरुलाई सताएको छ । तर दशैं आसपासमा लकडाउन लकडाउन गर्ने गरी मन्त्रालयले कुनै सुझाव सरकारलाई नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

‘हामीले यसअघि संक्रिय संक्रमित २५ हजार पुगे हाम्रो संरचनाले उपचार गर्न सक्दैन भनेर पुनस् लकडाउन गर्न सुझाव दिने भनेका हौँ,’ उनले अगाडि भने, ‘तर दशैं आसपासमै लकडाउन गर्न कुनै सुझाव दिइएको छैन ।’ तर दशैंमा धेरै मानिसहरु आफ्नो थातथलो जाने हुँदा संक्रमण गाँउगाउँ पुग्ने जोखिम भने उच्च रहेकाले सतर्कता अपनाउनु पर्ने उनले बताए । हाल उपत्यकामा संक्रमण बढिरहेको छ ।

Sponsored

यही बेला हाम्रो ठूलो पर्व दशैं आउदै छु, उनले भने, ‘मानिसहरु आफ्नो गाउँ जाने हुँदा संक्रमण फैलिले उच्च जोखिम छ, त्यसैले हामीले सकभर यसपटकको दशै जहाँ छौँ, त्यही मनाऊँ भन्‍ने सुझाव दिन्छौँ ।’ यस्तै प्रवक्ता गौतमले पछिल्लो समय उपत्यकामा देखिएका धेरै कोरोना संक्रमितहरु बैंक, फाइनान्स र अस्पतालका कर्मचारी रहेको बताए ।

ुसंक्रमितबाट परिवारका सदस्यमा कोरोना सरेको छु, उनले भने, ‘बैंक तथा फाइनान्सका कर्मचारी, अस्पतालका नर्स(चिकित्सक र सुरक्षाकर्मीहरु धेरै संक्रमित भएका छन् ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *