TodayPati

रौतहटबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

टुडेपाटी-
रौतहट, असोज १६ गते ।

रौतहटबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी–५ बस्ने वर्ष २० का राजुकुमार कांहार छन् ।

रौतहटको सदरमुकाम गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका कांहारलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट १५ लाख रुपैयाँ नेपाली बारामद भएको हो ।

Sponsored

घुँडामाथि रबडको सहायताले लुकाएर ल्याउन लागेको श्रोत नखुलेको नेपाली १५ लाख रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताएका छन् ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *