TodayPati

धनुषसागर पोखरीमा एक पुरुषको शव फेला

टुडेपाटी-
जनकपुरधाम, असोज १५ गते ।

जनकपुरधामको धनुषसागर पोखरीमा एक पुरुष शव फेला परेका छन् । बुधबार साँझ पोखरीमा हाम फालेर बेपत्ता भएका अन्दाजी ३५ वर्षीय पुरुषको शव बिहीबार बिहान फेला परेको हो ।

स्थानीयका अनुसार पोखरीमा कुदेका पुरुष मदिरा सेवन गरेका थिए ।

पोखरीमा कुदेर बेपत्ता भएका सो पुरुषको शव प्रहरीको उद्धार टोलीले खोजेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ती पुरुष किन पोखरीमा हामफालेको विषयमा केहि खुल्न नसकेको बताइएको छ ।

Sponsored

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *