TodayPati

नेपालमा पहिलोपटक डाक्टरको कोरोना संक्रमणबाट मृत्यु

टुडेपाटी-

बाँके, असोज १५ गते ।

बाँकेमा कोरोना भाइरसबाट एक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । बिहीवार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको हो । 

Sponsored

५९ वर्षीय सापकोटालाई तीन हप्ताअघि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो । आईसीयूमा उपचाररत उनको केही बेर अघि मात्रै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पुष्टि गरेका छन् ।

योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । जसमध्ये दश जना बाँकेका र अन्य आठ जना विभिन्न जिल्लाका छन् । आज विहानमात्रै बाँकेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

बिहान मृत्यु हुनेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ८ ७५ वर्षिया महिला र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ बाँकेका ५२ वर्षे पुरुष हुन् ।

Sponsored

दुबै जनाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । दुवै जना दीर्घ रोगी हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *