TodayPati

महोतरीका वन प्रमुख साह बिबादमा, कार्यालय जलेश्वरबाट बर्दिबास सार्न खोजेको आरोप

टुडेपाटी-
जनकपुधाम, असोज १४ गते ।

जिल्ला वन कार्यालय महोतरीका प्रमुख वन अधिकृत हेमन्त साह बिबादमा मुछिएका छन् । तस्करी गरी ल्याएको काठ राखिएको सुचना दिएपनि उल्टै तस्करलाई बचाउने वन अधिकृत साह आर्थिक चलखेलमा लागेपछि अन्य कर्मचारी साहको कार्यप्रति असंन्तुष्ट छन् ।

अधिकृत साह वन कार्यालय जलेश्वरबाट बर्दिबास सार्न समेत चलखेल शुरु गरेको कार्यालयका एक कर्मचारीले बताए । विवादकै कारण प्रमुख साह लामो सयम देखि कार्यालय गएको छैन । वन कार्यालय जलेश्वरमा छ । तर, वन प्रमुख बर्दिबास बसेर काम गर्दै छन् । बिरोध हुन थालेपछि साह जिल्ला वन कार्यालय जलेश्वरमा आउन छाडेको कर्मचारीहरु बाउँछन् । तर वन अधिकृत साहले आफु लकडाउनका वन फडानी बढेपछि त्यसको संरक्षणको लागि बर्दिबास बसिरहेको दावी गर्छन् ।

Sponsored

प्रमुख साह करारमा नियुक्त गरेकी महिला कर्मचारीलाई संगै राख्न थालेपछि जिल्ला वनमा विवाद झन चर्केको कर्मचारी बताउछन् । चौतकर्फी आलोचनापछि महिला कर्मचारीलाई फरक जिम्मेवारी दिएर प्रमुख साह बर्दिबास बस्न थालेका छन् ।

जिल्ला वनका कर्मचारीहरुले संयुक्त रुपमा अनैतिक कार्यमा संलग्न प्रमुख वन अधिकृत साहलाई तत्काल सरुवाकालागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । तर, उद्योग पर्यटन वन तथा वातारण मन्त्रि रामनरेश राय र उनका छोरा दिनेश राय साहको संरक्षण गरेका छन् ।

मन्त्रि रायलाई ७ लाख बुझाएर जिल्ला वन कार्यालय महोतरी गएका साह एक पछि अर्को विवादित कार्यमा सक्रिय रहेको स्रोतका दावी छ । कार्यालयमा बिरोध गर्ने कर्मचारीको सरुवा, पैसा नबुझाउने फर्निचर उद्योगमा छपामारि र मन्त्रीसंग मिलेर जलेश्वर स्थित कार्यालय बर्दिबास सार्न योजनामा लागेको जिल्ला वन कार्यालय महोतरीका एक कर्मचारीले बताए ।

Sponsored

यता वन अधिकृत साहले जलेश्वर वन कार्यालयमा लामोसमयदेखि जडा गाडेर बसेका केहि कर्मचारी काम नगर्ने र तिनीहरुलाई जिम्मेबारी बहनगर्न भन्दा आफुमाथि नानाथरी आरोप लगाएर बदनाम गर्ने काम गरिरहेको दावी गरे ।

‘केहि कर्मचारीहरु १०।१५ वर्षदेखि जिल्ला वन कार्यालयमै रहेका छन् । उनीहरु काम गर्दैनन् । काम अर्हाउँदा ममाथि विभिन्न आरोप लगाएर बदनाम गर्ने काम गरिरहेका छन् । त्यहाँका कर्मचारीहरु गएका वनप्रमुखलाई दुव्र्यबहार गर्छन् । काम गर्न दिँदैन’ वन अधिकृत साहले टुडेपाटीसंग भने ‘लकडाउनमा वन जोगाउन बर्दिबास बसिरहेको छु । बिच बिचमा जलेश्वर पनि जाने गरेको छु ।’

उनले आफुले आफुमाथि कर्मचारीहरुले लगाएको सम्पूर्ण आरोप निराधार रहेको दावी गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *