TodayPati

प्रदेश २ : चार वर्षपछि बलात्कार आरोपमा तीनजना पक्राउ

टुडेपाटी-

सप्तरी, असोज १२ गते ।

सप्तरीमा चार वर्षपछि बलात्कार प्रयास घटनाका तीन अभियुक्त पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ पर्नेमा डाकनेश्वरी नगरपालिका वडा नम्बर ३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मा छन् ।

Sponsored

जिल्ला अदालत सप्तरीका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला सुनाएको थियो । फैसला लगत्तै अभियुक्तहरु फरार थिए ।

आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएको थियो । प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *