TodayPati

भुक्तानी र मिल संचालनको माग गर्दै गौर–चन्द्रपुर सडकखण्डमा दुई घण्टा चक्काजाम

टुडेपाटी-
रौतहट, असोज ११ गते ।

रकम भुक्तानी र श्रीराम सुगरमिल मिल सञ्चालनको माग गर्दै किसानहरुले रौतहटको गौर–चन्द्रपुर सडक खण्डमा दुई घण्टा चक्काजाम गरेका छन् । उखु उत्पादक किसान संघको नेतृत्वमा चिनी मिलमा कार्यरत कर्मचारीहरुको ट्रेड युनियनले भुक्तानी आइतबार दोस्रो दिन गरुडास्थित मिलगेट अगाडि २ घण्टा चक्का जाम गरेका हुन् ।

ब्यानरसहित आइतबार दिउँसो दिउँसो १ बजेदेखि ३ बजेसम्म मुलबाटोमा धर्ना बसेर दर्जनौं कर्मचारीहरु विरोध जनाएका थिए । चनीमिल सञ्चालकले उखु किसान र कार्यरत मजदूर कर्मचारीसँग छलफल नै नगरी मिल बन्द गरेको भन्दै किसानहरुले बाँकी भुक्तानी र मिल संचालनको माग गरेका हुन् ।

Sponsored

किसानको धर्ना तथा चक्काजाम कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि कसहाकारी मन्त्री योगेन्द्र यादव, गरुडा नगर प्रमुख ईन्दु राय यादव, चिनी मिल कर्मचारी युनियनका अध्यक्ष मनिलाल सहनी,उखु उत्पादक संघका सचिव सफिन्द्र यादवले लगायत थिए । यस्तै सोमबार दिउँसो ३ घन्टा चक्काजाम गर्ने योजना रहेको सचिव यादवले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *