TodayPati

बारामा बसको ठक्करबाट घटनास्थलमै श्रीमान, श्रीमती र छोराको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असोज ११ गते ।

पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत बारामा बसले स्कुटीलाई ठक्कर दिँदा तीनजनाको घटनास्थालमै मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका श्रीमान, श्रीमती र छोरा छन् ।

आइतबार अपरान्ह ना.४.ख.७२४४ नम्बरको बसको ठक्करबाट प्रदेश नम्बर २०३-००४ प ४४४२ नम्बरको स्कुटीमा सवार बारा निजगढ नगरपालिका १० लाल टोलका २६ वर्षीय तीर्थमान स्याङतान उनकी श्रीमती २३ वर्षीय ज्योती स्याङतान र उनीहरुका एक बर्षका छोराको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Sponsored

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ दुधौरा पुलस्थित निजगढबाट पथलैया तर्फ आउँदै गरेको बसले बिपरित दिशाबाट जाँदै गरेको स्कुटीलाई अपरान्ह ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात्  बसका चालक भने फरार भएको तथा घटनास्थलमा प्रहरी परिचालन गरिएको र चालक खोजी भइरहेको डीएसपी मिश्रले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *