जनकपुरको १० वटा सुनचाँदी पसलमा राजश्व कार्यालयको छापा
टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।
जनकपुरको केहि सुनचाँदी पसलमा छापामारी गरेको छ । गोप्य उजुरीको आधारमा राजश्व कार्यालय पथलैयाबाट आएको टोलीले शुक्रबार जनकपुरस्थित सुनचाँदी बजारको केहि पसलमा छापा मारेको हो ।
राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीको नेतृत्वमा आएको टोलीले १० वटा सुनचाँदी पसल तथा कारखानामा छापा मारेर आवश्यक कागजात लगायतको सामग्री नियन्त्रणमा लिएको छ ।
कागजातहरु अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अनुसन्धानको क्रममा कुनै कमीकमजोरी देखिए कारबाही गरिने प्रमुख बिसीले बताए ।