प्रदेश २ : मन्त्री साहको निर्देशनमा सचिवलाई हाजिर हुन नदिएको घटना छनविन गर्न समिति
टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।
प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा मन्त्रीको निर्देशनमा सरुवा भइ हाजिर हुन गएका सचिवलाई हाजिर हुन नदिइ दुव्र्यबहार गरेको घटना छानविन गर्न समिति गठन भएको छ । असोज ७ गते मन्त्रालयमा हाजिर हुन गएकी सचिव सम्झना काफ्लेलाई मन्त्री शैलेन्द्र प्रसाद साहका मन्त्रीका स्वकीय सचिव नवनित झाको नेतृत्वमा गएका युवाको एक समूहले उनलाई दुव्र्यबहार गरेका थिए ।
सोही घटना छानविन गर्न प्रदेश २ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री यसंयोजकत्वमा समिति गठन गरिएको हो । सचिव काफ्ले पशु सेवा विभागबाट प्रदेश २ को कृषि मन्त्रालयमा सरुवा भएर हाजिर हुन गएकी थिइन् । तर उन मन्त्री साहको निर्देशनमा हाजिरी हुन नदिइ दुव्र्यबहार गरेका थिए ।
मन्त्रालयमा छिरेर कर्मचारीहरुलाई दुरव्यवहार गर्नुको साथै सचिवको कार्यकक्षमा नै ताला लगाउनु अपराधिक काम भएको भन्दै कर्मचारीहरुले कारबहीको माग गरेका छन् । दोषीमाथि कारवाही नभएसम्म काम नगर्ने र मुद्दा हाल्ने चेतावनी दिएपछि घटनाका छानविन गर्न मन्त्री साहले राज्यमन्त्री यादवको नेतृत्वमा समिति गठन गरेको स्रोतले जनाएको छ । समितिमा कृषि निर्देशनालय र पशु निर्देशनालयका प्रमुखलाई पनि राखिएको छ ।
सम्बन्धित समाचार
प्रदेश २ : कृषिमन्त्री साहले गुण्डा भिराएर सचिवलाई हाजिर हुन दिएन, मन्त्रालयका कर्मचारी असुरक्षित
Sponsored