TodayPati

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पुष्टि

टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।

वीरगन्जस्थित नारायणी अस्पतालकाे प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय २५  जनाको स्वाब परीक्षण गर्दा पर्साका ११ र बाराका ४ जनागरी  १५ जनामा बिहीबार राति गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।

पर्साका थपिएका ११ जना संक्रमितमध्ये  वीरगन्ज महानगरपालिकाका १० जना र छिपहरमाई गाउँपालिकाका १ जना महिला रहेको नारायणी अस्पतालमा प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

Sponsored

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६, १४, १५, १६ र २६ का एक/एक जना रहेका छन् भने वडा नम्बर १० का दुई जना र वडा नम्बर २९ का तीन जनामा पनि संक्रमण पुष्टि भएको डा. चौरसियाले बताए ।

यस्तै बाराका पचरौता नगरपालिकाको वडा नम्बर ३ का एक जनामा संक्रमण देखिएको छ । 

सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ का एक जना संक्रमित भएका छन् भने आदर्शकोतवाल वडा नम्बर ५ का दुई जनामा संक्रमण पुष्टि भएको हो ।

Sponsored

जसमा पर्साका १०३ जनाको स्वाबको नमुना परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ भने  बाराका २२ जनाको पीसीआर परीक्षणमा ४ जनामा देखिएको उनेको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *