प्रेस प्रतिनिधि कार्ड नविकरणको काम जनकपुरमै सुरु
टुडेपाटी-
जनकपुरधाम, असोज ६ गते ।
प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरणको काम जिल्ला हुलाक कार्यालय जनकपुरले सुरु गरेको छ । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जिल्ला हुलाक कार्यालयलाई प्रिन्टर हस्तान्तरण गर्दै प्रेस प्रतिनिधि कार्ड नविकरणको काम सुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरणको अधिकार हुलाक कार्यालयलाई दिएपछि जनकपुरधामस्थित हुलाक कार्यालयबाट नविकरण प्रक्रिया सुरु भएको बताइएको छ ।
पहिलो प्रेस प्रतिनिधि प्रमाणपत्र जानकी साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार मदनलाल श्रेष्ठलाई प्रदान गर्दै वितरण कार्यको उद्घाटन गरिएको हो । वरिष्ठ पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मिश्रको उपस्थितिमा हुलाक कार्यालय जनकपुरधामका प्रमुख रामउदगार अधिकारीले प्रेस प्रतिनिधि प्रमाणपत्र प्रदान गरेका हुन् ।
यसअघि पत्रकारलाई नवीकरणका लागि काठमाडौं जानु पर्दथ्यो । सो अधिकार हुलाक कार्यालयले पाएपछि अब काठमाडौ धाउनुपर्ने समस्याको अन्त्य भएको छ । तर नयाँ प्रमाणपत्र बनाउनका लागि भने काठमाडौं नै जानुपर्नेे छ ।
Sponsored
विभागले प्रमाण पत्र वितरण गर्ने अधिकार हुलाक कार्यालयलाई दिइएपनि प्रिन्टरको आभावमा महिनौंदेखि सेवा अवरुद्ध थियो ।
सो प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण नविकरण तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत सहित जनकपुरधामका पत्रकारहरुको सहभागिता रहेको थियो ।
That’s great news for janakpur 👍👏