TodayPati

वडाध्यक्षको निधनमा रुपनी गाउँपालिकाले आज शोक मनायो

टुडेपाटी-

सप्तरी, असोज ६ गते ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर६ का वडाध्यक्ष गोबिन्द सिंह थापा मगरको निधनमा शोक मनाउन मंगलवार गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

Sponsored

गाउँपालिकाका अध्यक्ष हरेराम यादवले सोमबार शोक बक्तब्य जारी गर्दै वडा अध्यक्षको शोकमा एक दिन बिदा दिने निर्णय भएको जनाएको छ ।
वडा अध्यक्षको अप्रत्याशित र असमायिक निधनले हामी गाउँपालिका परिवार अत्यन्तै दुखी एबम स्तब्ध भएका छौ शोक बक्तब्यमा भनिएको छ उनी होनहार, जुझारु, ईमान्दार, सरल, मिलानसार र जनमैत्री ब्यक्तित्व थिए ।

वडा अध्यक्ष मगरले निर्बाह गरेको समवन्यकारी भुमिका तथा बिकासरनिर्माण र सामाजिक कार्यमा देखाएको सकृयता विर्सनै नसक्ने रहेको अध्यक्ष यादवले जानकारी दिए । वडा अध्यक्ष मगरको निधनले एक कुसल सहयोद्धा गुमाउनु परेको भन्दै यादवले दिबंगत आत्माको चिर शान्तिको कामानासहिर्त श्रद्धाञ्जली दिए ।

शोक वक्तब्यमा शोक सन्तत्व परिवारजन प्रती समदेवदना प्रकट गरिएको छ । साथै उनको निधनमा शोक मनाउन गाउँपालिका अन्तर्गतका सम्पुर्ण शाखा, उपशाखा, बिषयगत शाखा, वडा कार्यालय, शैक्षिक संस्थाहरु र अन्य संघसंस्थाहरु वन्द रहने जनाइएको छ ।

Sponsored

लिभर जण्डिसका कारण ५५ वर्षिय मगरको सोमवार निधन भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *