किसान मजदुरका सर्वहारा नेता थिए- शहिद सूर्यनाथ रान ! (संंस्मरण)
अजय कुमार बरबरिया (यादव)–
कमरेड सूर्यनाथ रान किसान, मजदुर, सर्वहारा वर्गका पक्षमा बाचुञ्जेल संघर्ष गर्ने एक क्रान्तिकारी निडर किसान मजदुरका मसिहा थिए । धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ डुमरिया चोक स्थित बनाइएको शहिद सूर्यनाथ रान स्मृति स्मारकले जो कोहीलाई पनि सर्वहारा राण भनेर झल्झल्ती सम्झिन्छन् ।
धनुषाको पूर्वी क्षेत्रका राजनीतिक आस्थाले जो सुकै पार्टीका भएपनि नेतृत्व र नेताको आस्थाले सूर्यनाथ रानको प्रतिष्ठा, मान सम्मान अहिले पनि उत्तिकै छ । जुनसुकै राजनीतिक दलका नेता, नेतृत्व, जनप्रतिनीधि भएपनि गणतन्त्रको लागि, किसानको लागि लडेका दिग्गज नेताको रुपमा सम्मान पाउनु साधारण होइनन् । नेपाल कम्यूनिष्ट पार्टीकाको गढ मानिएको पूर्वी क्षेत्र र सो क्षेत्रमा जस्तोसुकै नेता आएपनि शहिद सूर्यनाथ रानको स्मारकमा फूलमाला चढाउनु स्वभाविक बनेको छ अहिले !
त्यतिबेलाको सरकारले तराई मधेशका किसानसँग प्रत्यक्ष सद्भाव राखेका थिएनन् । तरपनि रान किसानहरुको आस्थाको रुपमा उनी उभिएका थिए । एक विश्वास, सोंच र शक्तिको रुपमा सूर्यनाथ रानको व्यक्तित्वले अहिले पनि यहाँका आम जनता प्रभावित छ । मनमा ईज्जत, प्रतिष्ठा र रानको क्षेत्रको रुपमा परिचित गराएको छ । रानकै प्रभावमा राजनीतिमा पाईला टेकेका नेकपाका केन्द्रीय सदस्य एवम धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) ले उहाँको वृतान्त र उहाँको जनताप्रतिको लगाव किसानको सर्वहारा नेताको रुपमा चिनिनुभएको योगदान बारे यसरी चर्चा गर्छन् ।
सुर्यनाथ रान मेरा अभिभावक सरह र सम्बन्धमा काका पर्नहुन्थ्यो । वहाँको सरल उपदेश आज पनि मेरो मनमष्तिष्कमा ताजा छ । सरल, शालिन स्वभावका साधारण पहिरण धोती र माथि कमिज लाउन रुचाउने र किसान आन्दोलनमा बोलीको शस्त्रले उहाँलाई क्रान्तिकारीको उपनाम दियो । म सात वर्षको बाल्यकालमै सूर्य काकाको समिप भएर उहाँलाई बुझने स्वभाग्य प्राप्त गरे । समयसंगै गति बढ्दै जाँदा गाँउलेले किसान गरिबको मसिहा बोलाउथे, तर मलाई त्यतिखेर बुझदैनथे । किसान आन्दोलनमा लागेका सूर्य काकाको घरमा दिनहुँ मानिसको भिडभाड हुन्थ्यो ।
काकाले किसान आन्दोलनको क्रममा कर्जन्हा, जयनगर, जनकपुर जाँदा आफु सँगै हिड भन्नुहुन्थ्यो । मलाई याद छ, एकदिन केही व्यक्तीहरुलाई भेटन काकालाई जयनगर जान लाग्नुु भएको बेला मलाई संगै लग्नुभयो । काकासँग जयनगर जाने क्रममा मलाई श्रवण तिमि थाक्यौं होला, केही क्षण विश्राम गरु तर भविष्यमा क्रान्तिकारी योद्धा बन्नुपर्छ, भन्दै मलाई किसान आन्दोलन र गरिबको बधुवाको मुक्ति गराउनुपर्ने मनसायका साथ मलाई उपदेश दिनुहुन्थ्यो ।
Sponsored
जीवनमा क्रान्तिकारीले कहिले थकाई महसुस गर्नु हुदैन, बाटोमा दुवैजना हिडदै छठको बेला भएकाले ठकुवा र केरा खादै सम्झाउदै भन्नभयो, ‘तिमीलाई भोक लाग्छ भन, तर जिवनमा खानेकुरा आवश्यकता जति मात्र खानु, यो कुराले तिमिलाई संङघर्षमा जिवित राख्न मदत गर्नेछ ।’ त्यतिबेला त धेरै बुझ्ने थिईन म तर आज आज वहाँ कति दुर्गगामी सोच भएको मानिस हुनुहुन्छ भनेर भान हुन्छ ।
कमरेड सूर्यनाथको भाई तेजनारायण यादवले नेपाली सेनामा भर्तिका लागि फर्म भरे । मलाई नेपाली सेनामा जान कर गरे । त्यतिकैमा सूर्यकाका घर आउनुभो र भन्नभयो, ‘यो नेपाली सेना हैन, क्रान्तिकारी लाल सेना बन्छ ।’ मेरो बुवाले सुर्यकाकालाई मलाई विगारेको भनिरहदा सूर्य काकाले हाँस्दै जवाफ फर्काउँदा म त्यतिबेला चकित भएको थिएँ ।
सूर्यकाका चिया धेरै पिउनुहुन्थ्यो । म १० वर्ष जनयुद्धमा प्रत्यक्ष रुपमा स्वयम् सहभागी थिए । तर जनयुद्धका बृतान्त सूर्यकाकाले मलाई सुनाउनुहुन्थ्यो, ‘श्रवण यो देशमा समान्त, जमिन्दारको बिरुद्धमा एक चोटी जनताले ठुलो युद्ध गर्न जरुरी छ, यो जमिन्दार समान्तहरुलाई तह लगाउन किसान मजदुर गरिव नै लडनुपर्छ, जमिन्दारले विभिन्न लोभ–प्रलोभ दिन्छ तर हाम्रो लडाई किसान मजदुरको पक्षमा बाचुञ्जेल हुनुपर्छ ।’
सूर्यकाका पहिले देखि किसान आन्दोलनका अगुवा नेता हुनुहुन्थ्यो । सिमराढीको लडाईमा किसानको पक्षबाट कमरेड सूर्यकाका र जमिनदारको पक्षबाट हेमवहादुर मल्लसंगको द्वन्दमा गाउँ कब्जा भयो । अन्नका भखारी देखि पशुसम्म कब्जा गरेर ल्याउदै गरिब विपन्नलाई बाँडिन्थ्यो । कब्जा गरिएको समान फिर्ता गर्ने प्रचलन थिएन् । तर, सूर्य काकाले किसान आन्दोलनको पक्ष राख्दै कब्जा गरेको अन्न र गाईवस्तुहरु फिर्ता गर्न लगाए । आफ्नो पक्षकालाई सम्झाउँदै सिमराढी गाँउका निर्दोष जनताको धन मालसमान फिर्ता गर्न लगाए ।
विभिन्न आन्दोलनहरुको अगुवाई गर्दै मजदुरहरुलाई खेतमा खटाएर जमिन्दारहरुले पारिश्रमिक (धान) कम दिन्थे । कतिपयलाई खान बाहेक त्यो पनि दिदैन्थ्यो । चोराकोयलपुर, मतौना, चिरैया, डरखोरिया, पठेरवा, सिमराढी, किरतपुर आदि गाँउहरुमा मजदुरहरुको लागि पारिश्रमिक अर्था बैन आन्दोलन सुरु गुर्नभो । गरिबीको चोट सहेका सूर्यकाकाले किसान मजदुरको मुद्दामा अग्रमोर्चामा रहेकाले सबैका प्यारो थिए । तर जमिनदारका लागि कालका रुपमा आफ्नो पहिचान बनाईसकेका थिए ।
कमरेड सूर्यनाथको समयमा चिकना जमिन्दार रुदलेको बिगबिगी थियो । जमिन्दारले जमिन बेच्ने, पैसा लिने तर रजिष्ट्री कसैको पनि नगर्ने ! यसबाट पठेर्वा, वतराही, वेमरखि, हठिमुनढा, ढोलवाजा, किरतपुर कमला भेगका पिडित जनताहरुको लागि कमरेड सूर्यनाथ जमिन्दारको विरुद्ध खरो रुपमा उत्रेका थिए । आन्दोलनको क्रममा जमिन्दारबाट किनेको जग्गा किसानहरुको नाममा रजिष्ट्रेसन गर्न लगाए । सूर्यकाकाले पनि जमिनदारसँग किनेको जग्गा रजिष्ट्रेशन नगर्दा नातेदारहरुले खेतको रजिष्ट्रेशन चाँडो गराउँ, न भए जमिन्दारले तिम्रो खेत बेइमानी गछ, भन्दा वहाँले हाँस्दै भनेका थिए, ‘कम्युनिष्ठको जग्गा कसले किन्छ र कसले बेईमानी गर्न सक्छ, हेरौंला । जसको कारण उहाँको ५ बिगहा भन्दा बढी जमिन जमिन्दारले बेचे ।
किसान, गरिब बधुवा जनताको बिच बढदो लोकप्रियताले विपक्षी हेमवहादुर मल्ल जस्ता जमिन्दारहरुको निन्द्रा हाराउन थालिसकेको थियो । जमिनदारहरुको नजरमा सूर्यकाका प्रमुख शत्रु थिए । कैयौं पटक कमरेड सूर्यनाथलाई मार्ने योजनाहरु हेम बहादुरको आदेशमा बनाईएका थिए । कैयौं पटक आक्रमण पनि भयो तर जहीले पनि सत्यको जीत भईरहयो ।
मलाई याद छ, चोराकोयलपुरका हेमवहादुर मल्लका केही मानिसहरुले उनकै ईशारामा सूर्यनाथलाई छलफलका लागि निमन्त्रणामा आफ्नो घर बोलाएर खाल्डो खनी पूर्ने योजना बनाएका थिए । योजनाबारे चोराकोयलपुरका कम्युनिष्ठका नेता राम खेलावनले सुईको पाए, राम खेलावनले सिधै सूर्यनाथ घर पुगी खानामा बसेका उनलाई खानाबाट उठाउदै लिएर भागेको मलाई आज पनि स्मरण छ ।
डाकु लगाएर आक्रमण
सूर्यकाका माथि बारम्बार हेमवहादुर सहित जमिन्दारहरुले हमला गराउदा जीवन रक्षाको लागि दश जनाको मोर्चा गठन गरियो । यसरी सूर्यनाथलाई मार्ने विभिन्ना योजनाहरु विफल भएपछि नामी धनुषाकै झिझा भन्ने गाउँका डाकुहरुलाई बोलाएर आक्रमण गर्न पठाए । तर, सूर्य नाथलाई बचाउन गठित मोर्चाले त्यो योजना पनि विफल बनाईदियो । जसमा रक्षकको भुमिकामा मेरा बुबा पनि हुनुहुन्थ्यो ।
कमरेड सूर्यनाथ जस्ता क्रान्तिकारी नेताको उदय भएर कम्युनिष्ठ पार्टीको १३ जना केन्द्रीय सदस्य मध्ये एउटा वहाँ पनि हुनु त्यतिबेला ठुलो उपलब्धि थियो । एउटा किसान परिवारमा जन्मेका सूर्यनाथ राणले पार्टीका आधा केन्द्रीय सदस्य र पार्टीको खर्च व्यवस्थापन गनुहुन्थ्यो । एउटा क्रान्तिकारी क्याडरमा हुनुपर्ने सम्पूर्ण गुणहरु श्रदेय कमरेड सूर्यनाथ राणमा थियो । मलाई अहिले पनि सूर्यनाथ काकाले सहयोग गरेका मान्छेहरु भेटदा उहाँको बारेमा कुरा गर्दा भाबुक हुन्छु । कसैको छोरीको विवाहको लागि कपडा, पैसाको कारण रोकिएको भए जयनगर स्थित दानीबाबुको पसलमा गएर काका नामको पर्चा दिने बित्तिक्कै विवाहको लागि कपडा दिने त्यो स्वभाव अब कहाँ पाउनु । वृद्धलाई जाडोमा ओढना र खान नपाएकालाई आफ्नै घरबाट लगेर चामल समेत दिन्थे ।
उदारबादी विचारले उहाँलाई अरु भन्दा फरक बुझ्ने गरिब किसानको लागि साँच्चिनै सर्वहारा वर्गका नेता थिए । म १० वर्ष जनयुद्धको सुरुवात देखी त्यस्ता लिडरहरु खोज्दै छु तर, काका जस्तो सर्वहारा वर्ग, किसान मजदुरका लागि आफनो स्वार्थको पुर्नरुपमा तिलाञ्जली दिसकेका एउटा पनि लिडर भेटिन् । नेता त छन् तर, सबै सर्वहारा वर्गका नेता बन्ने ढोङ्ग मात्र गर्छ ।
म सूर्यनाथ काकासंग जयनगर जाँदा एक हप्ता बस्यौं । हामी जयनगरको छेउ बेला भन्ने ठाउँमा थियौं । म र काका त्यहीका एक जना असामीको घरको बास बसेको थियो । त्यो रात भावुक भएर सूर्यनाथ काकाले मलाई भन्नुभयो, ‘नेपालमा एउटा ठूलो युद्धको आवश्यकता छ, एउटा ठूलो यूद्ध जसको लाल सेनाको आवश्यक पर्छ, । लाल सेनाले यो देशको वुर्जुवा सतालाई धाराशाही बनाएर जनताको सत्ता स्थापित गरोस् ।’
कमरेड प्रचण्ड शिक्षक थिए होला त्यतिबेला त्यहीबेला सूर्यनाथ काकाले जनयुद्धको परिकल्पना गनुहुन्थ्यो । वहाँले मलाई भन्नुहुन्थ्यो, ‘श्रवण तिमी लाल सेना बन्नु, म नहुन पनि सक्छु, मलाई कही केही भैहाल्यो भनेपनि एउटा कुरा याद राख्नु पानीले नुहायो भने फोहरमैला सफा हुन्छ तर, पसिना रगतले नुहायो भने इतिहास बन्छ । त्यसैले पसिना र रगत बगाउनेमा पछि कहिलै नहटनु कम्युनिष्ट जिवन भरि सङ्गघर्षमा हुन्छ । धेरै पटक पराजयको स्वाद चाख्नु पर्छ तर, कम्यूनिष्ट कहिले पनि थाक्दैन र बिचलन हुँदैन ।’ कुनै माक्र्सवादी स्कूलमा म पढेको होइन तर, कमरेड सूर्यनाथको उपदेशले मलाई दश वर्षे जनयुद्धमा होमिन प्रेरित ग¥यो । सायद, सूर्यनाथको गाउँमा मेरो घर नभएको भए कमरेड सूर्यनाथको नजिक नभएको भए, म आज किसान मात्र हुन्थे वा नेपाली सेनामा हुन्थे ।
काकाकै मार्गदर्शनबाट म जनयुद्धमा समेत लागे । जनयुद्धको सुरुवात भन्दा अगाडि बरमझियाको लडाइमा हामीले पराजय भोग्नु प¥यो । आक्रमणमा रामवृक्ष मास्टर साहेब थाकेर मलाई भन्नुभो, ‘श्रावण म मरे मर्छु तर, अब म भाग्न सकदिन, मलाई छोडेर तिमिहरु जाऔं, त्यो बेला म कमरेड सूर्यनाथ काकाले भनेका सम्झै, कम्युनिष्ठ कहिलै थाक्दैन थाक्यो, भने शत्रुले सखाप पार्छ । रामवृक्ष मास्टरलाई हामीले बोेकेर कमला नदी त¥यो । आजपनि मेरो मानसपटल त्यो कुरा छ ।
उहाँले भन्नुहुन्थ्यो, ‘कम्युनिष्ठलाई कसैले पाराजय गर्न सक्दैन, कम्युनिष्ठलाई कम्युनिष्ट भित्रै रहेका शत्रुले मात्र पराजित गर्न सक्छ । वहाँको यो कुरालाई मैले उहाँको मृत्युपछि सम्झेको थिए ।’ म र उहाँको जेठो छोरा अशेश्वर सिरहाको ठेङगही नातेदारको घर गएका थियौं, निर्दानाका किशुन मण्डल, चिकनाका खगेशर साह, बैल्हाका सानेहरु मिलेर कमरेड सूर्यनाथ राणलाई योजना वद्ध तरिकाले सिरहाको निर्दना गाउँमा समात्न लगाएका थिए । बाटोमा हामीलाई काकालाई समातेको जानकारी पायौं, हामी त्यहीबाट पुनः सिरहा फर्किेयौं तर विडम्बना हामीलाई भेटन दिईएन, हामी त्यतिकै फर्कियौं ।
वहाँको गिरफतारी पश्चात केहि महिनापछि सिरहाको जेलबाट लगेर दिक्तेल जेल सरुवाको वाहानामा भडेटारको जङ्गलमा लगेर निर्ममतापूर्वक हत्या गरियो । कम्युनिष्टका भविष्य नेपाली क्रान्तिको कम्युनिष्ट धरोहर कमरेड सुर्यनाथ राणको यसरी निर्ममता पुर्वक पञ्चायती शासकहरुले हत्या गरेको सुनेर सबै डराए । म जनयुद्धमा लाग्दा मोरङ्गको भेडेटार जङ्गलमा पुगी पाँच दिनसम्म गाडेको शव फेला पार्ने प्रयास गरे तर, त्यहाँ शव नै थिएन । त्यस बेलाका गाविस अध्यक्षलाई सुर्यकाकाको बारे सोध्दा वहाँले २०४२ असोज महिनामा रिमझिम बर्षाको बेला प्रहरीले ल्याएर गोली हानी हत्या पश्चात फेरी लिएर गएको बताए ।
बिडम्वना कमरेड सुर्यनाथले जुन उदेश्यका साथ कम्युनिष्ट आन्दोलनमा होमिनु भएको थियो । त्यो उदेश्यहरु केहि पुरा भए र केहि अन्योलमा छ । व्यवस्था त फेरिए तर प्रवृति उस्ताको उस्तै कायम छ । कमरेड सूर्यनाथ राणको खाँचो महसुस भईरहेको छ । अहिलेका लिडरहरु स्वार्थी भएका छन् । सूर्यनाथ जस्तो निडर विना स्वार्थ कम्युनिष्ट आन्दोलनमा लाग्ने नेता मैले जनयुद्धमा पनि देखिन् । सुर्यनाथ एउटा नेपालको शहिद मात्र नभएर अन्तराष्ट्रिय शहिद हुनुहुन्थ्यो । तर उहाँको शालीक बनाउनका लागि कयौं शिर्ष नेताहरुलाई गुहारे पार्टी सरकारमा जादाँ पनि कसैकोे ध्यान सूर्यनाथको शालीक बनाउनुपर्छ भन्नेमा गएन ।
विस २०७० सालको संविधानसभा निर्वाचनमा म पार्टीबाट बागी भएर चुनाव लडे । त्यो बेला मलाई सूर्यनाथ काकाको बिद्रोह सम्झेरै पार्टीको गलत निर्णय विरुद्ध लडने उर्जा प्राप्त भयो । त्यो चुनावपछि म पार्टीबाट वाहिर जनताको माझमा बसेको थिए । मैले पार्टीको लिडरहरुले नगरे पनि आफनै लगानिमा र जनताहरुको सहयोगमा कमरेड सूर्यनाथ राणको मेटलको शालीक शहिदनगरपालिकाको डुमरियामा निर्माण गरेको छु । कमरेड सूर्यनाथ राणको नाममा शहिद सूर्यनाथ राण मेमोरियल होस्पिटल निर्माण भइसकेको छ उद्घाटनको तरखरमा छ ।
कमरेड सूर्यनाथको नाममा सडकको नामाकरण भएको छ । कम्युनिष्टका धरोहर कमरेड सुर्यनाथ रान जस्ता धरोहरलाई पार्टीले बेवास्ता गर्नु दुर्भाग्यपूर्ण छ । शहिदनगरपालिकामा कम्युनिष्ट पार्टीको सरकार छ, मैले शहिदनगरपालिकाका प्रमुख र प्रतिनिधिहरुसंग छलफल गरेर शहिद सुर्यनाथ राणको स्मृतिमा नगरपालिका स्कुलहरुमा सर्वजानिक विदा गरेर वहाँको नाममा विभिन्न कार्यक्रमहरु आयोजना हुन्छ । विद्यार्थिहरुलाई कमरेड सूर्यनाथ नामले छात्रवृत्ति प्रदान गरिएको छ । साथै नगरपालिकामा स्थित पछेर्वामा शहिद सूर्यनाथ राण प्रदेश स्तरिय फुटबल स्यसटेडियम निर्माण कार्य सुरु भइसकेको छ ।
कम्युनिष्टका धरोहर कमरेड सूर्यनाथ राण यादव आज हामी माझ हुनुहुन्न । तर वहाँको कम्युनिष्ट आन्दोलनको योग्दानले वहाँलाई अमर बनाएको छ । आरणीय श्रदय गुरु, मेरा अभिभावकलाई हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु । कमरेड सूर्यनाथ रान अमर रहने, मेरो मानसपटलमा सधै वहाँको उपदेश सम्झिरहनेछु ।
(नेकपाका नेता श्रवण बरबरिया यादवसंग कुराकानीमा आधारित)