TodayPati

आइतवार प्रदेश २ मा कोरोनाबाट चार जनाको मृत्यु, ८८ जना संक्रमित थपिए

टुडेपाटी

जनकपुरधाम, असोज ४ गते ।

आइतवार प्रदेश २ मा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sponsored

बाराको कलैया उपमहानगरपालिका—१३ बलिराम टोलका ६५ वर्षीय, रौतहटको गौर नगरपालिका—१ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका—४ विर्ताका ६८ वर्षीय र वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको स्वासथ्य निर्देशनालयले जनाएको छ ।

निमित्त निर्देशक विजय कुमार झाका अनुसार योसँगै प्रदेश २ मा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।

Sponsored

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाका अनुसार सिरहामा १८, रौतहटमा २६, सर्लाहीमा ८, पर्सामा १२ र सप्तरीमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *