TodayPati

सर्लाहीमा मुर्ती बिसर्जन विषयमा दुई पक्षबीच झडप, दिउँसो २ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यू

टुडेपाटी

सर्लाही, असोज ३ गते ।

सर्लाही सदरमुकाम मलंगवाको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

Sponsored

विश्वकर्मा पूजाको मुर्ति बिसर्जनको विषयमा दुईपक्षबीच विवाद हुँदा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो २ बजेबाट भोली बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्बसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको बताए ।

शुक्रवार मलंगवा नगरपालिका–३ स्थित विश्वकर्मा पूजाको मूर्ति बिसर्जन गर्न लैजाँदै नजिककैको पोखरीमा जाने बाटो विषयमा दुइ पक्षबीच विवाद हुँदा झडप भएको थियो ।

Sponsored

झडपको क्रममा दुवै पक्षका केही व्यक्ति घाईते भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *