TodayPati

वीरगञ्जमा खुकुलो निषेधाज्ञा १५ असोजसम्म थपियो

टुडेपाटी-
जनकपुरधाम, असोज १ गते ।

वीरगञ्जमा १५ असोजसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला सुरक्षा समिति पर्साले पहिलेको भन्दा थप खुकुलो बनाउँदै महानगरक्षेत्रमा लागू हुनेगरी निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

सार्वजनिक सेवा प्रवाह गर्ने सबै कार्यालय र संघसंस्थाबाट आवश्यक स्वास्थ्य सुरक्षा सर्तकर्ता अपनाउँदै दिइएको निर्देशन पालनागरी सेवा प्रवाह गर्न दिने समितीले निर्णय गरेको हो । सेवा लिने र दिनेले कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने र अनिवार्य रूपमा मास्क प्रयोग गर्न प्रशासन कार्यालयको निर्देशन छ ।

Sponsored

बिहान ८ बजेसम्म मात्रै खुल्न भनिएका फलफूल पसल खोल्न अब समय तोकिएको छैन । तर, तोकिएको निश्चित स्थानबाहेक अन्य स्थानमा गएर फलफूल बिक्री गर्नेलाई भने कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । यस्तै, अन्य बजार तथा पसल भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खोल्ने यसअघिकै निर्देशनलाई यथावत राखिएको छ ।

कोभिड संक्रमण फैलन नदिन ‘नो मास्क नो मुभ’ अभियानलाई कडाइका साथ लागू गर्न मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । यस्तै, सवारी साधनको हकमा ५० प्रतिशत मात्र यात्रु राखी ५० प्रतिशत बढी भाडा लिएर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र सवारी साधन संचालन गर्नुपर्ने प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सिट क्षमताको ५० प्रतिशत मात्रे यात्रु चढाउन पाइने, भौतिक दूरी कायम हुनेगरि एक पंक्तिको सिटमा एक जना मात्रै यात्रु राख्नुपर्ने, सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र थप ५० प्रतिशत भाडा लिन पाउने जिल्ला सुरक्षा समितिको निर्णयमा उल्लेख छ ।

Sponsored

वीरगञ्ज महानगरपालिकास्थित मीनाबजार, घण्टाघरदेखि नारायणी अस्पतालसम्म मेनरोडमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नो भेहिकल मूभमेन्ट जोन घोषणा गरी लागू गर्ने, फुटपाथमा कुनै पनि प्रकृतिका पसल सञ्चालनमा रोक लगाउने, स्थानीय स्तरमा सञ्चालित सबै प्रकारका सवारी साधनमो जोर गते जोर र बिजोर गते बिजोर नम्बर भएका सवारी साधन सञ्चालन गर्ने समेत निर्णय भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *