कोरोनाका कारण सीमित सेवा प्रवाह गर्दै आएको जिल्ला अदालत धनुषाले आजदेखि नियमित सेवा प्रवाह गर्ने
टुडेपाटी-
जनकपुरधाम, असोज १ गते ।
कोरोना महामारीका कारण सीमित सेवामात्रै प्रवाह गर्दै आएको जिल्ला अदालत धनुषाले आजदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ ।
अदालतको नियमित सेवा सुरक्षित तथा सहज रुपमा प्रवाह गर्ने सम्बन्धमा आइतबार बसेको बैठकबाट असोज १ गतेदेखि सम्पूर्ण सेवा प्रवाह गर्ने निर्णय भएको शाखा अधिकृत गंगा कुमार मिश्रले जानकारी दिनुभयो ।
असोज १ गतेदेखि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार पर्ने निवेदनको सुनुवाई, बालसुधार गृहमा रहेका बालबालिका अभिभावकले जिम्मा लिने सम्बन्धि निवेदन उपरको सुनुवाई, जरुरी पक्राउ पुर्जीको समर्थन तथा पक्राउ पुर्जी जारी गर्ने अनुमतिसम्बन्धि कार्य लगायतका सेवाहरु पुनः सञ्चालनमा ल्याइने जिल्ला अदालत धनुषाले जानकारी दिएको छ ।