सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु
शुभ नारायण यादव-
सप्तरी, भदौ ३१ गते ।
सप्तरीका एक जना कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका वडा न. ३ का ३५ वर्षीय युवकको बुधबार बिहान मृत्यु भएको हो ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । भदौं ३० मा त्यहाँ भर्ना भएका उनको बुधबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलासिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको परिवारजनले बताएका छन् । याेसँगै सप्तरीमा मृतककाे सख्ङया ९ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।