TodayPati

धनुषामा वास्तविक असिनापीडितले जस्तापाता नपाएपछि आन्दोलित

टुडेपाटी-
धनुषा, भदौ २९ गते ।

धनुषाको मिथिला नगरपालिकामा वास्तविक असिना पीडितले जस्तापाता नपाएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । असिनापीडितलाई लक्षित गरी राहतस्वरुप आएको जस्तापाता वास्तविक पीडितले नपाएपछि स्थानीहरु आक्रोशित बनेका हुन् ।

मिथिला नगरपालिका-६ का असिना पीडितहरु जस्तापाता पाउनबाट वञ्चित भएपछि सोमवार विहान वडा कार्यालय घेराउ गर्दै कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

Sponsored

गृहमन्त्रालयले जिल्ला विपद व्यवस्थापन समिति मार्फत असिना पीडितका लागि जस्तापाता उपलब्ध गराएको छ । गत बैशाख १६ गते असिनापानी र हावाहुरीबाट प्रभावित घरपरिवारलाई प्रतिघर २ ब्यान्डल अर्थात २४ पिसको दरले जस्तापाता उपलब्ध गराएको छ । गृहमन्त्रालयले छुटयाएको ४ करोडको लागतमा धनुषा स्थित जिल्ला विपद व्यवस्थापन समितिले सो जस्ता उपलब्ध गराएको हो ।

जसमध्ये धनुषाको मिथिला नगरपालिका वडा नं ६ मा जस्तापाता वितरण गर्न २६५ घरपरिवारको तथ्यांक सार्वजानिक गरेका छन् । असिना पीडितका लागि आएको जस्तापाता छतबाला पक्की घर भएकाहरुलाई बाँडेको स्थानीयहरुको आरोप छ ।

छतबाला पक्की घर भएका हुनेखाने धनीहरुलाई जस्तापाता वितरण गरेको स्थानीय उर्मिला महतो सुडीले आरोप लगाइन् । उनले असिनापानीले घरको टाली(छाना) फुटाईदिएपछि आफू पाँच महिनादेखि प्लाष्टिक मुनी गुजारा गर्दै आएपनि आफूहरुलाई जस्तापाता नदिएको उनको गुनासो छ ।

Sponsored

यता मिथिला नगरपालिका-६ का वडाध्यक्ष भक्त बहादुर बलम्पाकीले वडासदस्यहरुले संकलन गरेको नामावली अनुसारनै जस्तापाता वितरण गरिएको जानकारी दिए । उनले जस्तापाता गरिव, विपन्नका लागि नभई असिना पीडितको लागी आएको बताए । छुट भएका असिना पीडितहरुको विषयमा अनुगमन गरेर नगरपालिकामा कुरा राख्ने वडाध्यक्ष वलम्पाकीले प्रतिबद्धता जनाएका छन् । आन्दोलित पक्षसंग छलफल गरेर ताल्चा खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *