TodayPati

सर्लाहीमा ट्रकबाट ३ सय ९ किलो गाँजा बरामद, ट्रक छाडेर चालक सहित तस्कर फरार

टुडेपाटी

जनकपुरधाम, भदौ २८ गते ।

सर्लाहीबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीले ट्रकमा लोड गरिएको अवस्थामा ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।

Sponsored

पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलमा ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

शनिबार राति ११ वटा पोकाममा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।

उनका अनुसार ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ ।

Sponsored

सर्लाहीको पूर्वी भेगमा ग्रामिण इलाका हुँदै लागूऔषध नेपाल–भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचना आएपछि जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो ।

अनुगमन टोलीलाई देखेर चालक ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको प्रहरी निरीक्षक कुर्मीले बताए ।

ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *