सप्तरीमा मापदण्डअनुसार नाला निर्माण नभएको स्थानीयको आरोप
टुडेपाटी-
राजविराज, भदौ २७ गते ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ पकरी स्थित ईन्द्रदेव यादवको घर अगाडि बनेको नाला मापदण्ड अनुसार निर्माण नभएको स्थानियले आरोप लगाएका छन् ।
महादेवा गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ मा वडा नं. १ पकरीमा ईन्द्रदेव घर अगाडी विनियोजित ३ लाख बराबरको नाला निर्माण नगरी अनियमितता र भ्रष्टाचार भएको स्थानीय नेकपा नेता जयनारायण यादवले बताएको छ ।
गाउँपालिकाबाट विनियोजन गरेको योजना अनुसार नाला निर्माणमा प्रयोग गरिएका सामग्रीहरु समेत गुणस्तरहिनको साथै स्टिमेट बमोजिम निर्माण कार्य समेत समपन्न नभएको नेता यादवले जिकिर गरे ।
उपभोक्ता समितिका अध्यक्ष राजाराम यादवलाई स्थानिय उपभोक्ताहरुले बारम्बार स्टिमेट अनुसार नाला निर्माण कार्य गर्न आग्रह गर्दा पनि निर्माण कार्य नगरिनुको साथै गुणस्तरहिन सामग्रीको प्रयोग गरिएको स्थानिय शंकर ठाकुरले बताए ।
साविक वडा नं. ३ पकरीमा बर्तमान वडासदस्य हरि नारायण यादवले गाउँपालिकाबाट आफनो रेखदेखमा १० लाखको विकास निर्माणको बजेट मध्ये अधिकांश बजेट निर्माणमा अनियमितता र भ्रष्टाचार भएको स्थानिय उपभोक्ताको आरोप रहेको छ ।
भएको अनियमितता र भ्रष्टाचारको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीमा उजुरी दिएतापनि मुलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण उजुरी माथि छानविन अगाडी नबढेको आयोग श्रोतले जनाएको छ ।
Sponsored