TodayPati

धनुषामा थप एक पुरुषमा मृत्युपश्चात कोरोना पुष्टि

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

धनुषामा थप एक पुरुषमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको औरही गाउँपालिका वडा नं १ पुरनदैयाका ६० वर्षीय पुरुषमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश कुमार मिश्रले जानकारी दिए ।

मृत्यु भएका पुरुषमा श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई भदौ २३ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ती पुरुषको बुधबार मृत्यु भएको सूचना अधिकारी मिश्रले बताए ।

Sponsored

मृतकमा कोरोनाको लक्षण देखिएकाले मृत्युपछि उनको स्वाब लिई परीक्षणका लागि पठाइएकोमा बुधबार साँझ रिपोर्ट पोजेटिभ आएको हो । उनको शव व्यवस्थापन नेपाली सेनाको टोलीले महेन्द्रनगरस्थित जमुनी नदीको किनार गरेको छ ।

योसँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *