TodayPati

१५ दिने मिथिला परिक्रमा आजदेखी सुरु

शैलेन्द्र क्रान्ति –
जनकपुरधाम , फागुन ११ गते ।

मिथिलाञ्चलको महाकुम्भ मानिने यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला मध्यमिकी परिक्रमा आइतबार विहानदेखि शुरु भएको छ । फागुने औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।
आजको दिन धनुषाको कचुरी स्थित मिथिला विहारी मन्दिरबाट झाकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याइन्छ । र यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।
नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मिथिलाविहारी भगवानको डोला उठाउँदै परिक्रमाको उदघाटन गरेका छन् । हेलिकप्टरबाट प्रचण्ड मिथिलाविहारी मन्दिर पुगेका थिए । यस्तै उनी चढेर आएको हेलिकप्टरले पुष्पवृष्टि समेत गरिएको छ ।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।

Sponsored

१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ ।
रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

परिक्रममामा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् । परिक्रममा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुन्छन् ।

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् । त्यस्तै परिक्रमामा सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् । स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुन्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।

Sponsored

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । त्यसै यसले आर्थिक टेवा समेत पुर्याउने गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “१५ दिने मिथिला परिक्रमा आजदेखी सुरु

  • February 23, 2020 at 2:53 pm
    Permalink

    किशाेरिजिकाे १५ दिने परिक्रमा परापुर्वकालदेखि
    अाएकाे जनबिश्वाश छ साथै याे परिक्रमा गर्नाले
    मनकाे शान्ति र परिवारमा सुख शान्ति मिल्छ जय किशाेरि
    जि

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *