TodayPati

वीरगन्जमा बिहीबार थप ११० जनामा कोरोना संक्रमण

टुडेपाटी-
वीरगन्ज, भदौ १८ गते ।

वीरगन्जमा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितमा ८० पुरुष र ३० जना महिला छन् ।

बिहीबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १० जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

Sponsored

संक्रमितहरूमध्ये पर्साका ६९, बाराका २४ र रौतहटका १७ जना छन् । उनीहरू डेढ वर्षदेखि ८० वर्ष उमेर समुहका छन् ।

बुधबार भने वीरगन्जमा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो समय वीरगन्जमा संक्रमित दर बढ्नुका साथै मृत्यु दर पनि बढेको छ ।

Sponsored

बुधबार मात्र वीरगन्जमा उपचारको क्रममा बाराका ९७ कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *