TodayPati

बिचल्लीमा धनुषाका किसान : वर्षेणी ६ हजार टन मल चाहिने तर आपुर्ति ७ सय टन मात्रै

टुडेपाटी

जनकपुरधाम, भदौ १८ गते ।

अन्नणको भण्डार मानिने प्रदेश २ का करिब ८० प्रतिशतभन्दा बढी जनता कृषिमै निर्भर छन्। तर मल नपाएर यहाँका किसान मात्र मार्कामा परेका छैनन् चर्को मूल्यमा भारत लगायतका देशबाट धाम चामल लगायतका खाद्यवस्तु किन्नु परेको छ ।

Sponsored

मल अभावले कतिपय किसान पछिल्लो समय खेती नै गर्न छाडेका छन् भने कतिपय कालोबजारीको मल किन्न बाध्य छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय र साल्ट ट्रेडिङको कार्यालय धनुषामा दिनहुँ मल लिनेहरुको भिडभाड हुने गर्छन् । तर त्यहाँबाट मल नपउँदा निरास भएर उनीहरुले फर्किनु परेको छ ।
मल आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गर्दै आएका छन्। यीमध्ये ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको छ भने ३० प्रतिशत साल्ट ट्रेडिङको। तोकिएका निकायले समयमा उपलब्ध नगराउँदा किसानहरू कालोबजारीको मारमा छन्।

अरू बेला ९ सयदेखि हजार रूपैयाँ पर्ने एक बोरा युरिया किन्न १६ सय खर्चिनुपरेको किसान सुरेशले बताए। त्यस्तै, डिएपी मल बोराको दुई हजार पाँच सय रुपैयाँ पर्छ।

Sponsored

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाले डिएपी र युरिया गरी धनुषामा प्रत्येक वर्ष ६ हजार टन मल आवश्यक रहेको बताएको छ।

हरेक सिजनमा कम्तीमा तीन हजार टन डिएपी र तीन हजार टन युरियाको माग रहे पनि कार्यालयले अहिलेसम्म ६९९ टन युरिया र ३ टन डिएपी मात्र आपूर्ति गरेको केसरीले जानकारी दिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *