धनुषामा घाँस काटेको विवादमा युवकमाथि बञ्चरो प्रहार
टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।
धनुषामा घाँस काटेको विषयलाई लिएर विवाद हुँदा एक युवकमाथि बञ्चरो प्रहार भएको छ । धनुषाको शहिदनगरपालिका २ चोराकोयलपुरका २९ वर्षीय मनिष भिनवारमाथि मंगलबार साँझ बञ्चरो प्रहार भएको हो ।
छिमेक ४० वर्षीय प्रमोद भिनवारले गरेको बञ्चरो प्रहारबाट मनिषको टाउको काटिएर घाइते भएका छन् ।
उनलाई स्थानीय स्तरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
मगलवार बेलुका खेतमा घाँस कोटेको विषयमा विवाद हुँदा घटनाबारे प्रमोद भिनवारको घरमा बुझन गएका मनिष भिनवारमाथि प्रमोदले बन्चरो प्रहार गरेको घाइतेका वुवा रामजतन भिनवारले बताए ।
ज्यान मार्ने उद्देश्यले प्रमोदले बञ्चरो प्रहार गरेपनि प्रहरीले उनलाई पक्राउ गर्न आनाकानी गरिरहेको घाइते मनिषका बुबा रामजतनले आरोप लगाए ।
Sponsored
यता प्रहरी चौकी चोराकोयलपुरका इन्चार्ज असई देवराम यादवले घटनाबारे जानकारी पाए लगतै घटनास्थल पुगेर घाइतेलाई उपचारको लागि पठाएको र घटना पश्चात फरार भएका प्रमोदको खोजी कार्य गरिरहेको बताए ।