जनकपुरधामको गणेश युवा कमिटिको उपाध्यक्षमा सन्जय साह निर्वाचित
टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।
जनकपुरधामको श्री गणेश युवा कमिटिको उपाध्यक्षमा संजय कुमार साह र महासचिवमा बलराम साह निर्वाचित भएका छन् ।
उपाध्यक्ष र महासचिव पदमा सहमती जुट्न नसक्दा चुनाव गर्नुपरेको बताइएको छ । चुनावको परिणाम अनुसार उपाध्यक्षमा संजय र महासचिवमा बलराम निर्वाचित भएका हुन् । बाँकी अध्यक्षसहित ९ पदमा यसअघि नै निर्विरोध चयन भइसकेको निर्वाचन अधिकृत दिपेन्द्र कुमार साहले जानकारी दिएका छन् ।
निषेधाज्ञाका कारण सहमतीको प्रयास गरिएपनि सम्भव नभएपछि सुरक्षा सर्तकताका साथ मतदान सम्पन्न गरिएको छ । मतदानमा कुल ३ सय ६६ मतदाता मध्ये २ सय २३ जनाले मतदान गरेका थिए । जसमध्ये उपाध्यक्ष तर्फ संजयले १ सय ७७ मत प्राप्त गरेका विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संजय साह (पुरी)ले १ सय ४४ मत प्राप्त गरेर पराजित भएका हुन् ।
यस्तै महासचिवमा विजयी भएका बलरामले २ सय २ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भरत साहले १ सय १४ मत प्राप्त गरेका छन् ।
Sponsored
कमिटीको अध्यक्षमा सन्तोष कुमार महतो, सचिवमा संजिव साह र कोषाध्यक्षमा शुशान्त गुप्ता र छ सदस्य सहित नयाँ ११ सदस्सीय कार्यसमितिको टुङ्गो लागेको छ । सदस्यहरुमा रञ्जित कुमार यादव, सरोज कुमार भण्डारी, मनोज कुमार पुर्वे, श्रीराम साह, विश्वेश्वर महासेठ र हेमन्त कुमार महासेठ निर्विरोध चयन भएका छन् ।