रौतहटका एक युवकको कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।
रौतहटका एक ३० वर्षीय युवकको कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु भएको छ ।
वीरगन्ज हेल्थ केयरमा भर्ना गर्ने क्रममा उनको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
गत बिहीबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । लगत्तै स्वाब परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई वीरगन्ज हेल्थ केयरमा रिफर गरिएको थियो ।
मृतक युवकको शब अस्पतालमै राखिएको छ र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।